|

सड़क दुर्घटनामा दुई बालबालिकाको मृत्यु

धादिङ, आश्विन १० - पिडा गाविस–१ बेल्खु र बैरेनी गाविस–७ स्थित बेल्खुखोला पुलनजिकै भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई बालबालिकाको ज्यान गएको छ ।

आज बिहान बेल्खुखोला किनारबाट त्रिशूली किनारमा बालुवा लिन जाँदै गरेको टिपरले घरबाट निक्लिएकी एक बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।  उदयपुर जिल्लाको रिस्कु घर भई बेल्खुमा बालुवा मजदुरका रूपमा काम गर्दैआएका एक मजदुरकी छोरी सात वर्षीया मन्दिरा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त थापाले बताए ।

यसैबीच सोही घटना भएको थाहा पाएर हेर्न दौडिएका दुई बालकमध्ये पहिलो घटनास्थलदेखि २०० मिटर अगाडि बेल्खुखोला पुलमा अग्नि यातायातको बसले ठक्कर दिँदा एक बालकको उपचारको क्रममा गजुरी अस्पतालमा मृत्यु भएको छ ।

सडकमा दौडँदैआएका बैरेनी गाविस– ७ का ११ वर्षीय रवीन बराल र राजन लामालाई काठमाडाँैबाट गाईघाट जाँदैगरेको ना३ख ७७३६ नम्बरको अग्नि यातायातको बसले बैरेनी गाविस– ७ स्थित पुलमा ठक्कर दिएको हो । गम्भीर घाइते भएका बरालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका लामालाई उपचारका लागि काठमाडाँै पठाइएको छ । दुवै सवारीचालक इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा राखिएका छन् । पछिल्लो घटनालाई लिएर बेल्खुमा स्थानीयवासीले पृथ्वीराजमार्ग अवरुद्ध पारेका छन् । रासस (समाचार कांतिपुर बाट)

Posted by Butwalonline on 3:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सड़क दुर्घटनामा दुई बालबालिकाको मृत्यु"

Leave a reply