|

आइतबार भएका दुई सडक दुर्घटनामा दम्पतीसहित चारको मृत्यु


काठमाडौं, भाद्र १७ - वर्षा र गति सन्तुलन नहुँदा सडक दुर्घटना बढेका छन् । आइतबार भएका दुई सडक दुर्घटना मा दम्पतीसहित चारको मृत्यु भएको छ । महोत्तरीमा भएको ट्याक्टर दुर्घटना मा एक दम्पतीको मृत्यु भएको हो । दाङमा भएको जिप दुर्घटना मा पनि दुई जनाको मृत्यु भएको छ ।

महोत्तरी संवाददाताका अनुसार एकहरिया ४ मा भएको दुर्घटना मा १० जनाभन्दा बढी घाइते छन् । ज१त १७०७ नम्बरको ट्याक्टर बिहान १० बजेतिर ढेकाहाको जर्जर सडकमा पल्टेको हो । प्रहरीका अनुसार दुर्घटना मा धनुषाको तुलसियाहीका उत्तिमलाल साह र उनकी पत्नी राजकुमारी देवीको मृत्यु भएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनाको जनकपुर अञ्चल अस्पतालमा तथा सामान्य दुई घाइतेको पिपरास्थित उपस्वास्थ्यचौकीमा उपचार भइरहेको छ । साधारण चोटपटक लागेका यात्रु प्राथमिक उपचारपछि घर फर्केका छन् ।

पुरुषोत्तम महिनाको अवसरमा महोत्तरीको खुट्टापिपराडीस्थित गेरुकी नदीमा स्नान तथा दान पुण्यका लागि जाँदै गरेका तीर्थयात्री दुर्घटना मा परेका हुन् । ट्याक्टरमा २० बढी यात्रु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वषर्ाले हिलाम्मे बनेको कच्ची सडकमा तीव्र गतिले गुडेका कारण सडकमै पल्टेको थियो ।

दाङ संवाददाताका अनुसार सल्यानबाट दाङतर्फ आउँदै गरेको रा१ज ३५२ नम्बरको जिप आइतबार बिहान तुलसीपुर नगरपालिका १ लाहुरे खोलामा पल्टिँदा दुई यात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सल्यान धनबाङ ७ कपुरकोटकी १७ वषर्ीया कल्पना खड्का र २७ वषर्ीय कफिल अहमद हलवाई छन् । दुर्घटना मा जिप चालक धनबाङ ७ का २४ वषर्ीय नेत्रलाल खड्का र १७ वषर्ीया लक्ष्मी खड्का घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक मदनकुमार थापाले जानकारी दिएका छन् । जिप तीव्र गतिमा भएकाले मोडमा पल्टिएर २ सय ५० मिटर तल खेतमा खसेको उनले बताए ।समाचार कांतिपुर बाट

Posted by Butwalonline on 5:22 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आइतबार भएका दुई सडक दुर्घटनामा दम्पतीसहित चारको मृत्यु"

Leave a reply