|

Kachahari-कचहरी रेडियो र टेलिभजन कार्यक्रम( बढ्दो महगी )


कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण  विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती  ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |

कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!

चाडवाडको मुखैमा आएर दैनिक उपभोग्य बस्तुको भाउ बढ्दा यस क्षेत्रका सर्वसाधरणलाई पर्नुसम्मको मार परेको छ । कृत्रिम अभाव सृजना गरि अस्वभाविक रुपमा मूल्य बृद्धि भएको भन्दै सरकारले १५ दैनिक खाद्यबस्तुको हालसालै मूल्य निर्धारण गरेको छ । के रुपन्देही र यस आसपासका क्षेत्रमा दैनिक खाद्यबस्तुको मूल्य निर्धारण कार्यान्वयन होला,अनि दैनिक भान्छामा चाहिने बस्तुको मूल्य बृद्धिले निम्त्याएको समस्याप्रति नियनकारी निकायहरु के गर्दै छन् ?
छलफलमा हुनुहुन्छ:
ईलाका प्रशाशन कार्यालय बुटवलका प्रमुख - रमेश गौतम
बणिज्य कार्यालय भैरहवाका अधिकृत - मुक्ति पाण्डे
र रुपन्देही उद्योग संघका अध्यक्ष - तेज कुमार पाठक

प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe

Listen

Posted by Butwalonline on 6:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "Kachahari-कचहरी रेडियो र टेलिभजन कार्यक्रम( बढ्दो महगी ) "

Leave a reply