गजल
बोलीमा दह्रो दम रहेछ
सोचाई भन्दा कम रहेछ
नफाल तडक भडकमा समय
जीवन उकास्ने एक श्रम रहेछ
साहित्य भन्नु पनि नशा झैँ
लागि राख्ने यो रमझम रहेछ
जिउँन नजाने त जिन्दगी
बेकामे त्यो त खतम रहेछ
इन्दिरा प्रयास जारी राख
खट्नु नै तेरो हरदम रहेछ
इन्दिरा प्रयास
दमक झापा -नेपाल