दादुरा–रुबेला सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवल ,असोज ५ - दादुरा–रुबेला कार्यक्रम अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालीका क्षेत्र भित्ररहेका संस्थागत तथा सामुदायिक ३० विद्यालयका शिक्षकहरुलाई दादुरा–रुबेला सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थनगर नगरपालीकामा यहि मिति २०६९ असोज ११ गते वडा नं. १,२,३,४,१०,११ असोज १२ गते वडा नं. ५,६,७,१३ र असोज १४ गते वडा नं. ८,९,१२ को सबै सामुदायिक, संस्थागत विद्यालय तथा मदरसाहरुमा खोप केन्द्र स्थापना गरी अभियानकै रुपमा खोप लगाउने कार्यक्रम रहेको छ ।
दादुरा–रुबेला खोप अभियानलाई सफल पार्ने उद्देश्यले आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमको अध्यक्षता, स्वागत तथा उद्देश्य माथी प्रकाश पार्दै उपसभापति दिपक क्षेत्री न्यौपानेले कार्यक्रमको समुद्घाटन गर्नु भयो । एक दिने अभिमुखिकरण कार्यक्रमको सहजिकरण जिल्ला शाखाका बरिष्ठ जिल्ला अधिकृत शैलेन्द्र तुलाधर र बरिष्ठ सहायक कृष्ण मल्लले गर्नु भएको थियो । उक्त खोप केन्द्रहरुमा आ–आफ्ना ९ महिना देखि १५ बर्ष मुनिका सबै बालबालिकाहरु लाई दादुरा–रुबेला रोग बिरुद्धको खोप लगाउनुहुन उसले अनुरोध गरेको छ ।