रुपन्देहीको केरवानी–४ ढेकावरमा जिल्ला स्तरीय संरक्षक गोष्ठी सम्पन्न
बुटवल ,असोज ५ -नेपाल रेडक्रस सोसाईटी जिज्ला शाखाको आयोजनामा र भविष्य निमार्ण उच्च माविको व्यवस्थापनमा रुपन्देहीको केरवानी–४ ढेकावरमा जिल्ला स्तरीय संरक्षक गोष्ठी सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राईले रेडक्रसले मानवीयताको हितमा काम गर्नु पर्नेमा जोड दिनु भयो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्ेदहीका अध्यक्ष निधाचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवदह शाखाका सभापति मित्रलाल न्यौपाने, महामाया भवानी उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ पौडेल, रामनरेश उच्च माविका तारनाथ त्रिपाठी, दिप बोडिङ्ग हाईस्कुलका टिकाराम न्यौपाने, केरवानी उपस्वास्थ्य चौकीका प्रमुख ईश्वरी ढुगाना लगायतले बोल्दै मानवीय सेवामा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
भविष्य निर्माण उच्च माविका प्रार्चाय गनपत गुप्ताको स्वागत र झविन्द्रप्रसाद पाण्डेको संचालनमा भएको कार्यक्रममा दल बहादुर थापाले कार्यक्रमको उदेश्य वारे प्रकाश पार्नुको साथै प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । गोष्ठीमा रुपन्देही जिल्लाका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।