मलेसियामा एक नेपालीको हत्या
क्वालालाम्पुर । मलेसियामा एक नेपालीको हत्या भएको छ । आफनै कम्पनीमा काम गर्ने नेपालीवाटै हत्या भएको हो । सिराहा जिल्ला घर भएका अन्दाजी २० वर्षका विश्वेश्वर यादवलाई हत्या गरेकेा आरोपमा मोरङ जिल्ला टंकिसिनीवारीका अन्दाजी ३५ वर्षका जिन्द्राहिम मियालाई प्रहरीले प्रकाउ गरेको छ ।
क्वालालम्पुरवाट करीव दुई घण्टा टाढा मुहारमा रहेको इमस्टार फर्निचर कम्पनीमा कार्यरत यादवको हत्या भएको हो । यादवलाई नेपालमा पैसा पठाउन मुहार वजार जाउ भनि मियाले वाटोमा पर्ने जंगलमा लगि शुक्रवार दिउँसो हत्या गरेको वुझिएको छ ।
सँगैवजार गएको साथी साँझ नफर्किएपछि सोधखोज गर्दा आफुहरु यौनधन्दा हुने स्थानमा संगै पसेको त्यसपछि यादवलाई नदेखेको मियाले बताउँदै आएको कम्पनीमा कार्यरत खेम प्रसाद दाहालले बताए । अनुसन्धान थाल्दै गर्दा वजारमा नै नगईकन विचवाटोमै हत्या भएको वताईएको छ ।
पक्राउ परेका मियालाई थप अनुसन्धानको लागि टांका प्रहरी कार्यालयमा राखिएको छ । यस सम्वन्धमा नेपाली दूतावासका श्रम सहचरी अमल किरण ढकालले हत्या भएको भन्ने वारेमा जानकारी आएको भएपनि यथार्य विवरण आईनसकेको बताएका छन ।
(समाचार ऑनलाइन खबर बाट)