विकिलिक्स पनि ह्याकरको निसानामा
विश्वमा विभिन्न गोप्य सूचना तथा जानकारीहरु सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्स पनि ह्याकरको निसानामा परेको छ । विकिलिक्सले आफु एक हप्तादेखि आक्रमणको सिकार बनेको र यसले बेवसाइटलाई निकै ढिलो वा खुल्दै नखुल्ने बनाएको बताएको छ ।
अगष्ट महिनाको सुरुदेखिनै आफ्नो साइटमा हमला भएको भन्दै विकिलिक्सले अहिले मुख्य साइटसँगै यसका विभिन्न सहायक वेबसाइटहरुमा पनि आक्रमण भएको बताएको छ ।
विकिलिक्समा भएको साइबर हमला ‘डिनाएल अफ सर्भिस’ हो । यस्तो आक्रमण भएसँगै वेबसाइटमा विभिन्न इन्टरनेट एड्रेस मार्फत उच्च ट्राफिक लोड पैदा हुन्छ, जसका कारण प्रयोगकर्ताले वेबसाइट खोल्न तथा चाहेको कुरा खोज्न असमर्थ हुन्छ । आक्रमणपछि विकिलिक्समा हजारौँ इन्टरनेट ठेगानाबाट गरी १० जीबिपिएस ट्राफिक लोड आएको बताइएको छ ।
विकिलिक्समा भएको यस्तो हमला निकै गम्भीर तथा ठूलो प्रकारको भएको विज्ञहरु बताउँछन् । यस्तो आक्रमण कुनै सामान्य ह्याकरले गर्न नसक्ने र यसमा ठूलै निकायको हात रहेको अनुमान गरिएको छ । विकिलिक्सले इराक तथा अफगानिस्तान युद्ध लगायतका विभिन्न गोप्य सामाग्री सार्वजनिक गरिदिएपछि अमेरिका ऊ प्रति आगो बनेको थियो । त्यसैले विकिलिक्समाथिको अहिलेको साइबर हमलाका बारेमा पनि कतिपयले अमेरिकाप्रति नै औँला ठड्याएका छन् ।
(सामग्री साभार ऑनलाइन खबर )
Posted by Butwalonline
on 6:04 PM. Filed under
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response