|

दुबईमा समाजसेवी मानबहादुर थापालाई बिदाई गरियो


लालबहादुर ढेंगा, युएई-दुबई - विगत १३ बर्षदेखि दुबईमा कार्यरत समाजसेवी तथा पत्रकार मानबहादुर थापालाई नेपाली समाज युएईको आयोजनामा नेपाली समाज तथा विभिन्न संघ संस्थाहरुले सम्मानका साथ बिदाई गरेको छ । सो बिदाई कार्यक्रम गत १७ अगस्त शुक्रबारका दिन दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा गरेको हो ।

उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवी मानबहादुर थापा रहेको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले गरेको थियो । महासचिव प्रकाश कोइरालाद्धारा संचालन गरिएको कार्यक्रममा अन्य अतिथिहरुको रुपमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, बुद्धिजीवि, महिला र पत्रकारहरु रहेका थिए ।

समाजका सहकोषाध्यक्ष शिवराज जैसीको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रममा विभिन्न वक्ताहरुले मन्तव्यको क्रममा मानबहादुर थापाले सामाजिक कार्यप्रति खर्चेको अमूल्य समय र योगदानलाई भुल्न नसक्ने बताए । वर्तमानमा वहां नेपाली एकता समाज युएईमा अध्यक्ष, नेपाल पत्रकार महासंघ युएई शाखाको केन्द्रीय सदस्य, नेपाली समाचार केन्द्र युएईको सल्लाहकार र सोही केन्द्रको प्रकाशनमा दुबईबाट प्रकाशित हुने नेपाली समाचार पाक्षिक पत्रिकामा कार्यकारी सम्पादक तथा बागलुङ सेवा समाज युएईमा वरिष्ठ सल्लाहकारको पदमा कार्यरत थिए भने विगतमा जनसांस्कृतिक परिवार युएईमा अध्यक्ष र नेपाली समाज युएईमा उपाध्यक्षको पदमा समेत रहेर कार्य गरिसक्नु भएको थियो ।

अध्यक्ष कृष्ण ढकाल र महासचिव प्रकाश कोइरालाले संयुक्त रुपमा सम्मान–पत्र दिएर दोसल्ला ओढाए भने नेपाली महिला समितिकी अध्यक्ष राधा ढकालले पनि खादा ओढाएर प्रशंसा–पत्र दिएकी थिईन् । त्यस्तैगरी पिताम्बर पाण्डे र गुप्तशेखर पौडेलले मायाको चिनो उपहार दिएको थियो भने डीयल शर्मा, भिम अधिकारी, चिरन केसी, छत्र लामा र रविन्द्र लामाले खादा ओढाएर बिदाई गरेका थिए ।

आफ्नो मन्तव्यको क्रममा मानबहादुर थापाले भावुकता हुंदै दुबईमा आएर सबैले धन सम्पत्ती कमाए भने मैले केवल परिवारको लागि दुई छाक गास बास र साथीहरुको अमूल्य माया लिएर जादैछु भने, अध्यक्ष ढकालले मानबहादुर थापा एउटा निस्वार्थ सामाजिक कार्यकता भएको र नेपालमा गएर पनि सामाजिक कार्यलाई निरन्तरता दिनलाई आग्रह समेत गरे । सो अवसरमा मन्तव्य राख्नेहरुमा विदुर रावत, आशिष पुरुष, राजु खड्का, भिम अधिकारी, गोपाल कंडेल, लालबहादुर ढेंगा, गुप्तशेखर पौडेल, राधा ढकाल, कृष्ण भुसाल, श्याम पाठक, डीयल शर्मा, चन्द्र रोकाहा, छत्र लामा, सिएम ढकाल र कृष्ण ढकाल रहेका थिए ।






Posted by Butwalonline on 11:12 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईमा समाजसेवी मानबहादुर थापालाई बिदाई गरियो"

Leave a reply