पोखरा विमानस्थ निमार्णको माग गर्दै आज पनि अनसन जारी
पोखरा , भाद्र ८। पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्णको माग गर्दै नागरिक दवाव समूहले पोखरा विमानस्थल अगाडी सुरु गरेको अनिश्चतकालिन रिले अन्सन आज पनि जारी छ ।पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्णको माग गर्दै रिले अनसनमा बसेको नागरिक दवाव समूहलाई सरकारले वार्तामा बोलाएको छ । विभिन्न दवावमुलक आन्दोलनका कार्यक्रम गर्दै आएका पोखरेलीहरुसँग वार्ता गर्न सरकारले ५ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
यसैबीच आन्दोलनरत पक्षले भने सरकारले गठन गरेको समितिले निकास दिन नसक्ने भन्दै कम्तीमा पनि मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने अडान लिएको छ ।