|

११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिण्टन प्रतियोगिता सुरु


पोखरा,प्रेमनारायण न्यौपाने भदौ ८ - कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा शुक्रबारदेखि पोखरा र·शालास्थित ब्याडमिन्टन कोर्टमा ११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन सङ्घका केन्दीय अध्यक्ष एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेशकुमार श्रेष्ठले विद्यालयस्तरीय प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने दाबी गरे। उनले ब्याडमिन्टन खेलको विकास र विस्तारमा कास्की जिल्लाको ठूलो योगदान रहेको बताए। उनले आगामी असोजको दोस्रो हप्ता काठमाडौंमा राष्ट्रियस्तरको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।

कार्यक्रममा मुख्य प्रयोजक मेख गुरुङ, प्याब्सन कास्कीका अध्यक्ष निदेशप्रसाद कोइराला, कुमुदिनी होम्सका संसथापक अशोक पालिखेलगायतले शुभकामना मन्तव्य राखेका थिए।

सो अवसरमा नेपाल ब्याडमिन्टन सङ्घका प्राप्त २४ वटा कर्क र पााच थान ब्याट अध्यक्ष रमेशकुमार श्रेष्ठ र महासचिव रामजीबहादुर श्रेष्ठले कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष खेम गुरुङलाई हस्तान्तरण गरेका थिए।कार्यक्रममा प्रतियोगितामा सहभागी हुने विद्यालयलाई प्रमाणपत्र तथा आर्थिक सहयोग गर्ने सङ्घसंस्था तथा व्यक्तित्वलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

उद्घाटनका अवसरमा मुख्य प्रयोजक मेख गुरुङ र शम्भु श्रेष्ठ तथा भूगोल गुरुङ र मोहन नेपालीको जोडीबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो। सो खेल एक–एक सेटको बराबरीमा सकिएको थियो। प्रतियोगिता सञ्चालन गर्न अफिसियलको तर्फबाट विशाल खड्का र खेलाडीको तर्फबाट कुमुदिनी होम्सकी प्रनिशा गुरुङले सपथग्रहण गरेका थिए।

कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मूल आयोजक समितिका संयोजक निरबहादुर थापाले स्वागत, प्रथम उपाध्यक्ष डम्मरसिंह गुरुङले धन्यवाद तथा तृतीय उपाध्यक्ष सुरेशबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए।सो अवसरमा बाटुलेचौरस्थित गन्धर्व स्कुलका विद्यार्थीहरुले म·ल धुन प्रस्तुत गरेका थिए।

यु–१२ जुनियर ब्वाइज सि·ल, यु–१२ जुनियर गल्र्स सि·ल, सिनियर ब्वाइज सि·ल (यु–१६), सिनियर गल्र्स सि·ल (यु–१६), सिनियर ब्वाइज डबल (यु– १६) र सिनियर गल्र्स डबल (यु– १६) का खेल हुने प्रतियोगितामा जिल्लाभरिका २१ वटा विद्यालयका जम्मा एक सय ५७ छात्रछात्राले प्रतिस्पर्धा गर्नेछन्। जसअनुसार छात्रको सङ्ख्या ९५ जना छात्राको सङ्ख्या ६२ जना रहेको छ। सिनियर ब्वाइज डबलमा १३ टीम, सिनियर लेडिज डब्बल १४ टीम, यु–१२ ब्वाइज सि·ल ३६ टीम, यु–१२ लेडिज सि·ल २२, सिनियर ब्वाइज सि·ल ३४ टीम, सिनियर लेडिज सि·ल २० टीम गरी जम्मा एक सय ५३ वटा खेल हुनेछन्।

भदौ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कार तथा प्रमाणपत्र दिइनेछ भने प्रतियोगितामा बेस्ट ब्वाइज यु–१६, बेस्ट गल्र्स यु–१६ तथा उदीयमान खेलाडीलाई विशेष पुरस्कारस्वरुप एक–एक थान साइकल प्रदान गरिनेछ।यस्तै सहभागी विद्यालयमध्ये अनुशासन, पोशाक र उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने छ। प्रतियोगिता सम्पन्न गर्न दुई लाख लागत लाग्ने छ। प्रतियोगिताको मुख्य प्रायोजक समाजसेवी मेख गुरुङ र डा. प्रिष्टिना गुरुङ रहेका छन्।

शुक्रबार भएको यु–१२ ब्वाइज सि·लतर्फ पहिलो खेलमा शान्तिनिकेतनका गोपाल थापााले सिद्धार्थ बोर्डिङ स्कुलका रिवेश राईलाई २१–१३ र २१–७ ले पराजित गरे।

दोस्रो खेलमा पोखरा एकेडेमीका मनिया बस्नेतले सिद्धार्थकै साजन गुरुङलाई २१–१द्द, २१–७, कुमुदिनी होम्सका धीरज श्रेष्ठले सिद्धार्थकै आभास गुरुङलाई २१–१०, १०–२१ र २१–१५, सिद्धार्थका रोहित गुरुङले नीलगिरि बोर्डिङ स्कुलका निश्छल श्रेष्ठलाई २१–६, २१–४ले पराजित गरे।

यु–१६ गल्र्स सि·लतर्फ सगरमाथा उमाविकी सुनिता सुवेदीले सिद्धार्थकी अस्मिता गुरुङलई २१–८, २१–१४, ग्लोबल कलेजियटकी संगीता परियारले अञ्जुली बोर्डिङकी सुमी गुरुङलाई २१–४, २१–४, प्रगति उमाविकी श्रृष्टि ढकालले मदरल्याण्ड उमाविकी निशा जिसीलाई २१–६, २१–१३, सिद्धार्थकी श्रृष्टि गुरुङले ग्लोबलकी स्नेहा पौडेललाई २१–११, २१–१६, टप्स उमाविकी पुष्पा चौधरीले गुडविल बोर्डिङकी सगुन श्रेष्ठलाई २१–१ र २१–३ ले पराजित गरिन्।

यु–१६ ब्वाइज सि·लतर्फ माउण्ट एभरेष्ट उमाविका राजबहादुर चौधरीले गुडविलका दिपेश पहारीलाई २१–३, २१–२, पोखरा एकेडेमीका अभिषेक गुरुङले अञ्जुलीका दिनेश बुढाथोकीलाई २१–१०, २१–६, पोखरा एकेडेमीका अमृत गायकले सिद्धार्थका सुजन श्रेष्ठलाई २१–५, २१–१७ तथा सिद्धार्थका सुदेश गुरुङले ग्लोबलका सुरेश गुरुङलाई २१–१६, १८–२१ र २१–१७ ले पराजित गरेको प्रचार–प्रसार उपसमितिका संयोजक सजित भारीले जानकारी दिए।

Posted by Butwalonline on 2:31 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिण्टन प्रतियोगिता सुरु"

Leave a reply