|

आज बिहान चार घन्टा उपत्यका बन्द यातायात तथा शैक्षिक संस्था ठप्प


काठमाडौं, साउन २१ - नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको आयोजनामा आज बिहान चार घन्टा उपत्यका बन्द गराए। बिहानैदेखि युवा संघ र बन्दलाई समर्थन गर्ने विभिन्न दलका भातृ संगठनका कार्यकर्ता सडकमा उत्रिएपछि यातायात तथा शैक्षिक संस्था ठप्प भए। बाबुराम भट्टराई सरकारको विरुद्ध आन्दोलनमा उत्रेको युवासंघले आह्वान गरेको बन्दलाई विपक्षी दलका अन्य युवा संगठनहरुलेसमेत समर्थन जनाएका थिए। बन्द आयोजकले एउटा गाडी तोडफोडसमेत गरेका छन्।  बानेश्‍वर चोकमा उत्रेका युवाहरुले एउटा गाडी तोडफोड गरेका हुन्।

चोक चोकमा भेला भएका युवाहरुले यातायात बन्द गराएका हुन्। राजधानीका विभिन्न चोकहरुमा युवाहरु जम्मा भएर बन्द गर्न दवाव दिइरहेका थिए परीक्षा लगायतका कारणहरु देखाउँदै उपत्यका बन्द ६ बजेदेखि १० बजेसम्ममात्र तय गरिएको थियो।

बिहानमात्र बन्द गरिएको यो पहिलो पटक हो। बन्द सफल पार्न हिजो साँझ युवा संघले मसाल जुलुस निकालेका थिए।

युवा सङ्गठनका कार्यकर्ताहरु चोकचोकमा जम्मा भई चक्काजाममा उत्रिएका छन् भने सो क्रममा कुनै अप्रिय घटना हुन नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पनि परिचालित भएको राससले जनाएको छ।
चक्काजामका क्रममा प्रेस, कूटनीतिक नियोगलगायत अतिआवश्यक सेवाका सवारी साधन भने सञ्चालनमा रहेका थिए।

चक्काजाममा युवा सङ्घ नेपाल, नेपाल तरुण दल, जन स्वयम् सङ्गठन, मधेस युवा फोरम, नेपाल प्रगतिशील युवा सङ्घ, नेपाल क्रान्तिकारी युवा सङ्घ, जनशक्ति युवा सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घ र समाजवादी युवा लिग संलग्न रहेका थिए।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज बिहान चार घन्टा उपत्यका बन्द यातायात तथा शैक्षिक संस्था ठप्प"

Leave a reply