|

शल्यक्रियाको माध्यमले हुने शिशु जन्म जोखिमपूर्ण


शल्यक्रिया गराएर शिशु जन्माउने दसमध्ये एक महिला संक्रमणको सिकार हुन्छिन् । सामान्य प्रसव (नर्मल डेलिभरी) बाट डराउने महिलाहरूले हालसम्म शल्यक्रियाको माध्यमले हुने शिशु जन्मलाई सुरक्षित मान्दै आएको पृष्ठभूमिमा यो नयाँ अध्ययन सार्वजनिक भएको हो ।

उक्त अध्ययन अनुसार, यस्तो संक्रमणको सम्भावना शारीरिक मोटाइ र मधुमेहले ग्रस्त महिलालाई भने झन् बढी हुन्छ । जर्नल अफ अब्स्ट्रेटि्रक्स एन्ड गाइनोकोलोजीमा प्रकाशित यो अध्ययन लन्डनस्थित इम्पिरियल कलेज र हेल्थ प्रोटेक्सन एजेन्सी -एचपीए) द्वारा गरिएको हो । शल्यक्रियाद्वारा बच्चा जन्माउने हरेक दसमध्ये एक महिलाले उपचार प्रक्रियामा लामो समयसम्म बस्नुपर्छ । स्वास्थ्य सम्बन्धी यो समस्या आमाका लागि चिन्ताको विषय हो नै, यसबाट नवजात शिशुको रेखदेख समेत प्रभावित हुन्छ ।

अनुसन्धानकर्ताहरूले यो तथ्य पत्ता लगाउनुअघि १४ वटा राष्ट्रिय स्वास्थ्य सेवा ट्रस्टहरूमा सिजेरियन डेलिभरी गराउने ४ हजार १ सय ७ महिलामाथि अध्ययन गरेका थिए । सहभागी महिलाहरूमध्ये ९.६ प्रतिशत संक्रमणग्रस्त भइसकेको पाइए । एचपीएकी डा. क्याथरिन भन्छिन्, 'अधिकांश मामिलामा सिजेरियन डेलिभरीमा घाउमा संक्रमण बढी गम्भीर हँुदैन तर यो तपाईंको स्वास्थ्य प्रणालीको लागि बोझजस्तै हुन्छ । सानो संक्रमणमा समेत महिलालाई दुख्ने समस्या हुन सक्छ । गम्भीर संक्रमणमा उनीहरूले अस्पतालमा बढी समय बस्नुपर्ने हुन सक्छ ।'

बेलायतको नेसनल हेल्थ सर्भिसले महिलालाई सिजेरियन डेलिभरी गराउने दिशा निर्देशलाई गत वर्ष नै केही खुकुलो बनाएको हो । यसअघि त्यस्ता गर्भवतीले मात्र शल्यक्रियाको माध्यमले शिशु जन्माउन सक्थे, जसले नर्मल डेलिभरी गर्न सक्दैनथे ।

रोयल कलेज अफ मिडवाइफ्सका गेल जनसन भन्छन्, 'पहिले पहिले शल्यक्रिया गरेर शिशु जन्माउनु पूर्णरूपमा सुरक्षित छ भन्ने मान्थ्यौं तर हामी ठूलो शल्यक्रियाको कुरा गरिरहेका छौं । सिजेरियन डेलिभरी त्यति खेर मात्र गर्नुपर्छ जब आमा वा शिशुलाई नर्मल डेलिभरीले खतराको जोखिम हुन्छ ।' सिजेरियन डेलिभरीले सम्बन्धित महिलालाई स्वस्थ भए पछि असर गर्छ, भविष्यमा गर्भाधानलाई समेत प्रभावित गर्न सक्छ ।

गर्भावस्थाको तनाव शिशुका लागि नोक्सानदायक गर्भावस्थाको अवधिमा महिलामा हुने तनावले गर्भमा रहेको शिशुलाई भविष्यमा असर गर्न सक्छ । बेलायतका गर्भवती महिलामा गरिएको यो अध्ययन अनुसार आमा बन्ने महिलाहरूलाई तनाव उत्पन्न भए तिनलाई त्यसबाट मुक्तिका लागि तत्कालै सहयोग गर्नु आवश्यक हुन्छ ।

यो अध्ययन बेलायतको किङ्स कलेजको इन्स्िटच्युट अफ साइकियाट्रीका अनुसन्धानकर्ताहरूले गरेका हुन् । १ सय ५० गर्भवतीमा गरिएको यो अनुसन्धान अनुसार, गर्भावस्थाको बेला कुनै पि्रयजनको मृत्यु, मन पर्नेसँगको बिछोड वा अन्य प्रकारको तनावमा परेका महिलाहरूका सन्तान चार वर्षको उमेरसम्म बिरामी भइरहन्छन् ।

तनावका बेला गर्भवतीहरूलाई सहयोग गर्नु आवश्यक हुन्छ । गर्भावस्थाको अवधिमा तनाव र पछि बालबालिका बिरामी हुनुबीच महत्त्वपूर्ण सम्बन्ध रहेको पाइएको छ । अध्ययन अनुसार, गर्भावस्थाको बेला दुइटा गम्भीर तनावले भविष्यमा शिशु अस्वस्थ हुने जोखिम पाँच गुणासम्म बढाउँछ ।

यो अध्ययन अन्तर्गत गर्भावस्थाको सुरुआत र सन्तान जन्माउनुभन्दा केही साताअघि सम्बन्धित महिलाहरूसँग तनावबारे सोधिएको थियो । त्यस अवधिमा उनीहरूका आफन्तको मृत्यु भएको थियो कि, कोहीसँग विवादपछि छुट्टनिुपरेका थियो कि, अचानक बेरोजगार पो हुनुपरेको थियो कि भन्ने जस्ता प्रश्न गरिएको थियो । तनाव उत्पन्नका अन्य सम्भावित कारणबारे पनि उनीहरूलाई सोधिएको थियो । उनीहरूको जवाफ सुरक्षित राखियो ।

उक्त अध्ययनमा सामेल महिलाहरूसँग तिनले शिशु जन्माएको चार वर्षपछि पुनः सम्पर्क गरियो । उनीहरूका बालबालिकाको स्वास्थ्यबारे सोधखोज गरियो । तिनलाई चिकित्सककहाँ लगिरहनुपरेको छ कि, अस्पतालै भर्ना गर्नुपरेको छ कि भन्नेबारे अनुसन्धाताहरूले बुझे । गर्भावस्थाका बेला जोजो महिला प्रफुल्ल रहने गरेका थिए, तनावमुक्त समय बिताउने गरेका थिए, तिनका बालबालिकाको स्वास्थ्य राम्रो पाइयो ।
सामग्री सन्दर्भ  कांतिपुर 

Posted by Butwalonline on 12:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शल्यक्रियाको माध्यमले हुने शिशु जन्म जोखिमपूर्ण"

Leave a reply