विमानस्थल निर्माणप्रक्रिया अघि बढाउन दबाबदिँदै पोखरा बन्द
पोखरा , भाद्र ३ - पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णयमा ढिलाइविरुद्ध आइतबार पोखरा बन्द भएको छ ।
विमानस्थल निर्माण सम्झौतामा ढिलाइ भएको भन्दै आन्दोलित पोखरेलीको चरणबद्ध आन्दोलनका क्रममा पोखरा का सबै व्यवसायिक प्रतिष्ठान बन्द भएका छन् । बिमानस्थल सरोकार समितिका संयोजक तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठका अनुसार दिउँसो जुलुश प्रदर्शन हुने र विमानस्थल पुगेर भण्डाफोर सभासमेत गरिनेछ ।
बिहानैदेखि शहरका ब्यवसायिक क्षेत्र कुनैपनि खुलेका छैनन् । यातायात भने सुचारु छ । तर बन्दका कारण कममात्रामा सवारी साधन चलेका छन् । बिमानस्थल निर्माणमा अवरोध हुन थालेपछि यहाँका सबै दल, नागरिक समाज, व्यवसायि संगठित भएर आन्दोलित बनेका छन । यसअघि गत बुधवार समितिको पहलमा पोखरा विमानस्थलमा एक घण्टा धर्ना दिइएको थियो ।
चार दशकदेखि प्रतिक्षारत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य फेरी अनिश्चित बनेपछि पोखरेली आन्दोलित भएका हुन । नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनौटको निर्णयमा ढिलाइ गरेपछि लगानी गर्ने चीनको एक्जिम बैंकबाट यो वर्ष सम्झौताका लागि रकम जुट्ने सम्भावना टरेको छ ।
०३२ सालमा पोखरा को छिनेडाडाँमा ३ हजार एकसय ६ रोपनी जग्गा विमानस्थलका लागि अधिग्रहण गरिएको थियो ।(समाचार कांतिपुर बाट )