इदुल फित्रको अवसरमा सोमबार सार्वजनिक विदा
काठमाण्डौ भदौ ३ - सरकारले मुश्लिमहरुको पर्व रम्जानको अन्तिम दिन इदुल फित्रको अवसरमा सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले रम्जानको अन्तिम दिन ईद -इदुल फित्र) को उपलक्ष्यमा यही भदौ ४ गते सोमबारका दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ ।गत वर्ष फागुन ८ गते नेपाल राजपत्र भाग- ५ मा इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल फित्र) का दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने उल्लेख छ ।
समाचार ऑनलाइन खबर बाट
समाचार ऑनलाइन खबर बाट