|

बालुवा र ढुङगाले पुरेको अवस्थामा एक महिलाको शव भेटियो


नुवाकोट भदौ ३ - नुवाकोटको थानापति गाँउ विकास समिति वडा नम्बर ४ मा एक महिलाको शव फेला परेको छ । उक्त शव स्थानीय ३५ वषिर्य सिता तामाङको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सिता शुक्रबार बेलुकादेखि हराएको आफन्तले बताएका छन् । शव थानापतिको ढोडेनी खोल्सामा बालुवा र ढुङगाले पुरेको अवस्थामा फेला परेको छ । गाँउबाट सिता हराएकोले उनकै शव हुनसक्ने स्थानियले बताएका छन् ।
उनको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
(समाचार ऑनलाइन खबर बाट)

Posted by Butwalonline on 10:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " बालुवा र ढुङगाले पुरेको अवस्थामा एक महिलाको शव भेटियो "

Leave a reply