|

तारा एयरको जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीतर्फ


कास्की (लेखनाथ), भाद्र ३ - तारा एयर को टुइनअटर जहाज आइतबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ । मुस्ताङको जोमसोम विमानस्थलबाट पोखरातर्फ उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको सो जहाज चालकको कुशलताका कारण दुर्घटना हुनबाट जोगिएको जहाजका यात्रु रामबाबु बस्ताकोटीले जानकारी दिएका छन् ।

चालक दलसहित करिब १९ जना यात्रु रहेको सो जहाज पोखराका लागि उडान गर्ने क्रममा बिहान करिब सवा ७ बजे धावनमार्गबाट कालीगण्डकीतर्फ चिप्लिएको थियो । अहिले नेपाली सेना, प्रहरी र स्थानीयवासीले जहाजलाई तानेर विमानस्थलमा राखेका छन् । जहाज चिप्लिनुको कारण भने खुलेको छैन ।)समाचार कांतिपुर बाट)

Posted by Butwalonline on 10:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तारा एयरको जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीतर्फ"

Leave a reply