|

बाँकेको नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र पुन:सञ्चालनका हुने


नेपालगन्ज, ३ भाद्र । सुचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले बाँकेको कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुन:सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताउनु भएको छ ।

सञ्चार मन्त्रालयमा आज नेपाल पत्रकार महासंघ बााके शाखाको टोलीसंगको भेटघाटमा सञ्चार मन्त्री यादवले प्रशारण केन्द्रलाई पुन सञ्चालनका लागि व्यवस्थापन र प्रशासनसंग छलफल अगाडी बढाईसकेको जानकारी दिदै अहिले तत्काल केन्द्रको रेखदेखका लागि एक जना कर्मचारी पठाईने प्रतिबद्धता गर्नुभयो ।

केन्द्रको निरीक्षण तथा अन्र्तक्रिया कार्यक्रममा सहभागिताका लागि महासंघ टोलीले गरेको आग्रह मन्त्री यादवले स्वीकार गरि छिट्टै आउने आश्वासन दिनुभयो । शाखा अध्यक्ष चौलागाईको नेतृत्वमा रहेको घेटघाट टोलीमा नेपाल प्रेश युनियनका निबर्तमान अध्यक्ष समिरजंग शाह, शाखा सहसचिव जयसिंह केसी, सदस्य विमल चन्द, पार्षद विजय बर्मा, कानुनव्यवसायी मधुर पाठक लगायत रहनुभएको थियो ।
 शाखा अध्यक्ष शुक्रऋषि चौलागाई नेतृत्वको पत्रकार टोलीले नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र पुन:सञ्चालनका लागि तत्काल आवश्यक पहल गर्न माग गर्दै हिजो सञ्चारमन्त्री यादवलाई ज्ञापनपत्र बुझाएको शाखा सचिव राकेश कुमार मिश्रले जानकारी दिनुभयो ।

२०५२ सालमा स्थापना भएको कोहलपुर प्रशारण केन्द्रमा द्धन्द्धका क्रममा २०६० फागुन २४ गते आगजनी र लुटपाट भएपछि अहिलेसम्म पनि प्रशारण बन्द रहेको छ भने एक जना कर्मचारीको समेत व्यवस्था नभएपछि करोडौंको भवन संरचना भग्नावशेष अवस्थामा पुगेको छ ।

कोहलपुर प्रशारण केन्द्रले यस क्षेत्रको कला संस्कृतिको संरक्षण गर्नुका साथै स्थानीय भाषा र कलाकारलाई समेत प्रोत्सहन गर्दै आएको थियो । केन्द्र पुन:सञ्चालनका लागि यस अघि पनि बिभिन्न संघसंस्था निकायले दवाव दिदै आएका छन ।

Posted by Butwalonline on 4:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाँकेको नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र पुन:सञ्चालनका हुने "

Leave a reply