रूपन्देहीको पर्रोहा गा.बि.स. खुल्ला दिशामुक्तक्षेत्र घोषणा गरिदै
रूपन्देही,भाद्र १५ - रूपन्देहीको पर्रोहा गा.बि.स. खुल्ला दिशामुक्तक्षेत्र घोषणा हुने तयारीमा रहेको छ । जसअनुसार आज गा.बि.स.का बिभिन्न वडामा स्थलगत निरिक्षण सम्पन्न भएको छ ।
पर्रोहा गा.बि.स. सचिब, राजनितिदल प्रतिनिधि, खानेपानी सरसफाई समितिका प्रतिनिधि, बुद्धीजिवी, महिला स्यंमसेविका, हेल्थपोष्ट प्रमुख, पत्रकार सबैको सहभागितामा वार्ड नं. ९ र ३ मा स्थलगत अनुगमन गरि चर्पी निमार्णमा देखा परेका समस्याहरुको बारेमा निरिक्षण गरिएको थियो । उक्त निरिक्षणको क्रममा आर्थिक अभाव, उपयुक्त ठाउको अभाव साथै जनचेतनाको पनि कमि रहेको थाहाहुन आएको छ । गा.बि.स. सचिबको भनाई अनुसार न्युन आयभएका अतिबिपन्न जनतालाई स्तर छुट्टाएर गाबिसले सहयोग गरीरहेको र गा.बि.स.ले तोकेको समयभन्दा अगाडी नै गा.बि.स.लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कुरामा जोडदिनुभएको थियो । खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमको शुरुवातमा पर्रोहा गा.बि.स.मा चर्पीमा दिशा नगर्ने घरधुरी संख्या १३०० रहेकोमा यो कार्यक्रम सञ्चालनपछि सो सख्या घटेर ४०० मा झरेकोले अब निकट समयमै गा.बि.स.लाई दिशा मुक्त क्षेत्र घोषण गर्ने नेपाली कांग्रेस पर्राेहा गाउ समिति सभापति मोहनराज बानीयाले बताउनु भएको छ ।
