राष्ट्रिय कर्मचारी संगठन नेपाल बिद्युत प्राधिकरणको प्रथम क्षेत्रिय अधिबेशन बुटवलमा
नेकपा माओबादी निकटको राष्ट्रिय कर्मचारी संगठनले नेपाल बिद्युत प्राधिकरणले बुटवलमा प्रथम क्षेत्रिय अधिबेशन गरेर संगठन बिस्तार गरेको छ । अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष सिताराम थापाले अबको केहि बर्षमा नेपाल बिद्युत प्राधिकरण संस्थानै नरहने दाबि गर्नुभएको छ ।
उहाले प्राधिकरणको नीतिगत पूर्नसंरचना जरुरी रहेको भन्दै दिनप्रतिदिन प्राधिकरण घाटामा जानुले प्राधिकरणको भबिश्य नरहेको बताउनुभएको हो । थापाले नेपालमा उर्जा बिकास र उर्जा संकट रोक्न सरकारले कुनै पनि प्रयास नगरेको स्पस्ट पार्नुभयो । संगठनका केन्द्रिय उपाध्यक्ष रबिन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय प्रमुख महेन्द्र अधिकारी,संगठनका महासचिब दीपरमण अधिकारी, जिबकान्त पाण्डे,नेकपा माओबादीका शरद ओली महासंघका अबध संयोजक दयाराम बस्याल लगायतले बोल्नुभएको थियो । संगठनले आजै नया नेतृत्व पनि चयन गरेको छ ।