बुटवलका सुनचादी कालिगढहरुले विभिन्न माग राख्दै आन्दोलित
बुटवल,भाद्र १५ - बुटवलका सुनचादी पसलमा काम गर्ने कालिगढहरुले विभिन्न माग राख्दै आन्दोलन शुरु गरेका छन् । ब्यवसायिहरुले आफुहरुलाई उचित ज्याला नदिएको भन्दै नेपाल सुनचादी कालिगढ ट्ेरेड यूनियन रुपन्देहीको आह्वानमा बुटवलका कालिगढहरु आन्दोलीत भएका हुन ।
पटक पटक ज्याला बढाउन माग गर्दा पनि आफुहरुको सुनुवाई नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको कालिगढ ट्रेड यूनियनका बुटवल अध्यक्ष तारा गहतराजले बताउनुभयो । उहाले ज्याला संगै ब्यवसायिहरुले जर्तीको भार कालिगढलाई मात्रै पारेको भन्दै यसका विरुद्ध काम ठप्प पारेको बताउनुभयो । कालिगढहरुले आन्दोलन अन्तर्गत आज बुटवलमा र्याली प्रदर्शन गरेका छन् । सुनचादी ब्यवसायीको हल हाटबजारबाट शुरु भएको विरोध र्याली अमरपथ,विपीचोक हुदै ट्राफिकचोमा आएर कोणसभामा परिणत भएको थियो । तिजको मुखमा आएर कालिगढहरुले आन्दोलन शुरु गरेपछि ब्यवसायिहरुको काम प्रभावित भएको छ । बुटवलमा ३ सय बढि कालिगढहरु सुनचादी पसलमा कार्यरत छन् ।