क्रियाशील पत्रकार महिलाको अध्यक्षमा शुभेच्छा विन्दु तुलाधर
काठमाडौं ,भाद्र १५ - क्रियाशील पत्रकार महिला डब्लुडब्लुजेको तेस्रो अधिवेशनले शुभेच्छा विन्दु तुलाधरको अध्यक्षतामा नयाा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काठमाण्डुमा भएको अधिवेशनले उपाध्यक्षमा अमिका राजथला, महासचिवमा लक्ष्मी बस्नेत, सचिवमा अनिता विन्दु र कोषाध्यक्षमा रामकला खड्कालाई चयन गरेको छ । सदस्यहरुमा अछरी पोखरेल, रमिता लामा, चन्दा विष्ट, प्रियंका पाण्डे चयन हुनुभएको छ भने निवर्तमान अध्यक्ष सङ्गीता लामालाई कार्यसमितिको विशेष सदस्यको रुपमा सर्वसम्मत चयन गरेको छ । कार्यसमितिमा दुई जनापछि मनोनित गरिने र पााच विकास क्षेत्रका क्षेत्रीय संयोजकहरु कार्यसमितिको पदेन सदस्यको रुपमा रहने भएका छन् । पत्रकार महिलाहरुको हकहितमा काम गर्नका लागि ६ वर्षअघि स्थापना भएको संस्थामा करिब तीन सय साधारण सदस्य छन् भने २८ जिल्लामा शाखा विस्तार भइसकेको छ ।