|

प्रेस यूनियनको लुम्बिनी अञ्चल भेला सम्पन्न ७ बुद्धे प्रस्ताब पारित


बुटवल,भाद्र १५ - श्रमजिवी पत्रकार ऐन कार्यानयनका लागि दबाब मुलक कार्यक्रम सहित सात बुद्धे प्रस्ताब पारित गदै नेपाल प्रेस यूनियनको लुम्बिनी अञ्चल भेला शुक्रबार सकिएको छ ।

लुम्बिनी अञ्चलका सबै संचार प्रतिष्ठानमा कार्यरत पत्रकार तथा संचारक्रमीहरुले आ–आफ्नो क्षृत्रमा न्यूनतम पारिश्रमिक ऐन कार्यानयनका लागि दबाब मुलक कार्यक्रम गर्ने निर्णय पनि भेलाले पारित गरेको छ ।

भेलाले न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतमपारिश्रमिक समायनुकुल नभएको ठहर गर्दै परिमार्गनको माग समेत गरेको छ ।त्यसैगरि पत्रकार तथासंचारक्रमीहरु व्यवसायीक तथा भौतिक सुरक्षाका लागि राज्इ र सम्वन्धीत पक्षसंग माग गर्दै विभिन्न स्थानमा पत्रकार तथासंरचाक्रमीहरुलाई आयने धम्की तथा दुरव्यवहारको भेलाले निन्दा र भ्रत्सना समेत गरेको छ ।पत्रकारितालाई व्यवसायीक र मर्यादित बनाउनका लागि समयसमयमा जिल्ला,अञ्चल तथा क्षेत्रियस्तरका प्रशिक्षण तथा भेलाको अयोजना गर्ने निर्णय पनि भेलाबाट पारित भएको छ ।युनियनका अञ्चल संयोजक रामराज पोखरेलको अध्यक्षता तथा केन्द्रिय महासचिव शिव लम्सालको आतिथ्यतामा भएको अञ्चल भेलामा संगठनको सुध्रिणिकरण,पत्रकारहरुको पेशागत सुरक्षा  र व्यवसायीकताका विाषयमा छलफल भएको थियो ।

सो अवसरमा युनियनका पश्चिमाञ्चल संयोजक रमेश पौडेल, मध्यमाञ्चल संयोजक दीपक आचार्य, केन्द्रिय सदस्यहरु बिमल ज्ञवाली,केवी राना,जनार्दन घिमिरे,युनियनका रुपन्देही सभापती भवानी प्रसाद पाण्डे, नवलपरासीका सभापती नारायण शर्मा, कपिलवस्तुका सभापती गोपाल भण्डारी,पाल्पाका सभापती प्रकाश नेपाल,गुल्मीका सभापती हरि कुमार श्रेष्ठ ,अर्घाखाचीका सभापती सुरेश भुषालले जिल्लाको गतिविधि भेलामा प्रस्तुत गरेका थिए  ।

Posted by Butwalonline on 9:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस यूनियनको लुम्बिनी अञ्चल भेला सम्पन्न ७ बुद्धे प्रस्ताब पारित"

Leave a reply