|

सहमतीको आधारबाट मुलुकको निकास दिनु पर्ने-उपेन्द्र यादव


भैरहवा,भाद्र १५ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमतीको आधारबाट मुलुकलाई सबै भन्दा पहिले निकास दिनु पर्ने बताउनु भएको छ ।

मधेसी जनअधिकार फोरम नेपाल रुपन्द्येहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले मुलुक राजनैतिक , आर्थीक , संम्बैधानीक संकटमा फसेकाले पहिले मुलुकलाई निकासको बाटो दिनु पर्ने बताउनु भयो । मुलुक रहे मा राजनैतिक दल रहने र भएकाले मुलुक लाई निकास दिई राजनैतीक गतीबिधी गर्न अन्य दलहरुलाई सुझाव दिनु भयो । संबिधान निमार्ण , निर्वाचन , राजनैतीक निकास , र अन्योलपुर्ण बातावरण हटाउनका लागी पनि दलहरु बिच सहमती आबस्यक भएको उहाले बताउनु भयो ।

अध्यादेश बाट आएको बजेट सकिन लागीसकेको अवस्थामा मुलुकमा ब्याप्त अस्थीर अवस्थाले मुलुक आर्थिक संकटमा फस्ने बताउदै सहमतीका आधारमा छिटो निकास दिनुपर्ने बताउनु भयो । ९० प्रतिशत संबिधान बनी सकेको बताउदै अध्यक्ष यादवले बांकी १० प्रतिशतका लागी संबिधान सभाको निर्वाचन आबस्य नरहेको बताउनु भयो ।संम्सदको निर्बाचन बाट पनि संबिधान सभाको काम गर्न सकीने भएकाले संसदको निर्बाचन बाट पनि संबिधान बनाउन सकिने बताउनु भयो । संबिधान सभाको निवार्चन र लगतै संसदको निर्वाचन गर्न मुलुकले आर्थिक रुपमा नसक्ने यादवले बताउनु भयो ।

Posted by Butwalonline on 9:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहमतीको आधारबाट मुलुकको निकास दिनु पर्ने-उपेन्द्र यादव"

Leave a reply