|

माओबादीले आफ्नो अडान नछाडे जति बर्ष कुरे पनि देशले राजनितीक निकास नपाउने


बुटवल,भाद्र १५ - नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रचार बिभाग प्रमुख डा. मिनेन्द्र रिजालले एकिकृत माओबादीले आफ्नो अडान नछाडे जति बर्ष कुरे पनि देशले राजनितीक निकास नपाउने बताउनुभएको छ ।

एमाओबादिले आफू अनुकलको सिद्धान्त लाद्न खोज्दा अहिले सम्म मुलुकले निकास नपाएको भन्दै माओबादिले अडान त्यागगरे सहमति हने बताउनुभएको हो । नेपाल प्रेस युनियन अञ्चल समन्वय समिती लुम्बिनीले बुटवलमा आयोजना भेलाको उद्घाटन गदै नेता रिजालले एमाओबादीले मुलुकमा संबैधानिक रित्तता निम्त्याएर सत्ता लम्बाउने दाउमा रहेपनि आफूहरुले त्यसो हुन नदिने बताउनुभयो । पुर्बमन्त्री समेत रहेका मन्त्री रिजालले आफु अनुकलको समाचार ल्याउनका लगी ठुला सचार माध्यममा लगानी बढाउने एबं धक्काउने गरेको भन्दै लोकतन्त्रमा प्रेस समान्य नागरीकको हुनुपर्नेमा त्यसको बिपरीत भैईरहेको पनि बताउनुभयो  ।

प्रेस युनियनका महासचिब शिब लम्सालले राज्य नै पत्रकारको बिषयमा गम्भिर नभएको बताउनुभयो । उहाले न्यूनतम पारिश्रमिक ऐन  पुनराबलोकन सहित मुलुकका सम्पूर्ण मिडियामा कार्यान्यन गराउनु आफुहरु लागेको बताउनुभयो ।
नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य तथा अञ्चल संयोजक रामराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा यूनियनका पश्चिमाञ्चल क्षेत्रिय संयोजक रमेश पौडेल, मध्यमाञ्चल क्षेत्रिय संयोजक  दीपक आचार्य,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरि लम्साल, पत्रकार महासंघका क्षेत्रिय संयोजक मोहन चापागाई,नेपाली कांग्रेस क्षेत्रिय सचिब काजिमान श्रेष्ठ,जिल्ला उपसभापति मनोरमा शेरचन, प्रेस यूनियनका केन्द्रिय सदस्य जर्नादन घिमिरे, लगायतले बोल्नुभएको थियो  ।

Posted by Butwalonline on 9:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओबादीले आफ्नो अडान नछाडे जति बर्ष कुरे पनि देशले राजनितीक निकास नपाउने "

Leave a reply