नागरिकको हितअनुसार काम गर्न नसकेकोले कर्मचारीको साख गुम्यो
पाल्पा,भाद्र १५ - नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले यतिबेला निजामति कर्मचारीको साख गुमेको बताउनुभएको छ । राष्ट्रसेवक कर्मचारी भएपनि आफ्नो जिम्मेवारीमा इमान्दार नभएको र नागरिकको हितअनुसार काम गर्न नसकेकोले साख गुमेको मुख्यसचिव पौडेलेका भनाइ छ ।
मुख्यसचिव बनेपछि पहिलोपटक गृह जिल्ला गुल्मी पुगेर राजधानी फर्कने क्रममा जिल्ला विकास समिति पाल्पाको समीक्षा बैठकमा आज सहभागी गाविस सचिवलगायत विभिन्न सरकारी निकायका कर्मचारीहरुलाई निर्देशन दिादै पौडेलले यस्तो बताउनुभएको हो । ज्यान फालेर नागरिकको हितमा काम गर्ने १० प्रतिशत जतिमात्रै कर्मचारी रहेको बताउादै पौडेलले राजनीतिक अस्थीरताले मुलुकको अवस्था तहसनहस बनेको बताउनुभयो ।