राप्ती नदीले बगाउँदा २ जनाको ज्यान गयो अर्का १ बेपत्ता
बाँके,भाद्र १५ - राप्ती नदीले बगाउँदा बाँकेमा २ जनाको ज्यान गएको छ । डुडुवा नदीमा बगेर अर्का १ जना बेपत्ता छन् । होलिया ७ पिप्रहवाका गुरुद्धिन धोवीका ३२ बषिर्य छोरा रामगोपालको नदी पार गर्ने क्रममा आज ज्यान गएको प्रहरी चौकी खडैचाका प्रहरी नायब निरीक्षक बिनोद सिंहले जानकारी दिनुभयो ।
त्यसैगरि राप्ती नदीमा डुबेर बिहिवार बेपत्ता भएका होलिया २ का ५५ बषिर्य मैते यादवको अवस्था अझै पत्ता लागेको छैन । यसअघि विहिबार नै वेतहनी ५ का ६५ बर्षिय शिवनाथ च्वाईको भैसी चराउने क्रममा स्थानीय डुडुवानदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेको होलिया गाविसको टेपरीमा तिब्र कटानसहित राप्ती नदी गाउँ पसेको छ । छोटी भन्सार नजिकैबाट सडक कटान गरी नदी गाउँ पसेको स्थानीयबासिन्दा एवं लरुक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका सचिव रामकुमार शुक्लाले जानकारी दिनुभयो । बाढीका कारण टेपरीका करिब डेढसय घरपरिवार जोखिममा छन् ।