|

मिस वर्ल्ड २०१२ को ताज चीनकी २३ वर्षे वेन जिया यू लाई

काठमाडौं, भदौं २ (एजेन्सी) - यस पटकको मिस वर्ल्ड चीनकी २३ वर्षे वेन जिया यूले जितेकी छिन्। उनले एक सय १५ राष्ट्रको प्रतिनिधीलाई पछि पारेकी थिइन्। गत वर्षकी इभ्यान साक्रोस्ले उनलाई मि वर्ल्डको ताज लगाइ दिएकी थिइन्। उनी ६२ औं मिस वर्ल्ड घोषित भएकी छिन्। नेपालको प्रतिनिधित्व गरेर चीन पुगेकी सृष्टि श्रेष्ठ उत्कृष्ट ५० मा समेत सामिल हुन सकिनन्। त्यस्तै वेल्स्की सोफी मोल्ड्स फस्ट रनर अप र अष्टेलियाकी जेसिका कहावाटी सेकेन्ड रनर अप घोषित भए। जामैका,दक्षिण सुडान, भारत र ब्राजिक उत्कृष्ठ ७ मा पर्न सफल भए|

विभिन्न विधा अन्तरगत उत्कृष्ट मोडल दक्षिण सुडान, बीच फेसन वेल्स्, मिडिया र ब्युटी वीथ पप्रोज भारत र ट्यालेन्ट चीनले जित्न सफल भयो|
|
(समाचार नागरिक न्यूज बाट)

Posted by Anonymous on 8:02 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " मिस वर्ल्ड २०१२ को ताज चीनकी २३ वर्षे वेन जिया यू लाई"

Leave a reply