नायिका सञ्चिता लुइटेललाई पुत्री लाभ
काठमाण्डौ भदौ ५ - नायक निखील उप्रेती र नायिका सञ्चिता लुइटेललाई पुत्री लाभ भएको छ । पहिलो सन्तानको रुपमा छोरो जन्माएको एक वर्षपछि नै नायिका लुइटेलले दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् ।
सोमवार बेलुकी थापाथलीस्थित नर्भिक अस्पतालमा डेलिभरिका लागि भर्ना भएकी लुइटेलले राती ७ बजेर ४० मिनेट जाँदा ३ किलो ८ सय ग्राम तौल भएकी छोरीको जन्म दिएकी हुन् । यसअघि लुइटेलले पहिलो सन्तान छोराको पनि नर्भिक अस्पतालमै जन्म दिएकी थिइन ।आमा तथा वच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नायक अकाश शाहसंग सम्वन्ध विच्छेद गरी नायक निखिल उप्रेतिसंग दोस्रो विवाह गरेकी नायिका लुईटेलले छोराको जन्म दिएको तीन महिनामै गर्भ बसेको थियो ।
(समाचार ऑनलाइन खबर बाट)

