|

उपचारको अभावमा भट्टराई भोतारिदै

ताप्लेजुङ, भाद्र ५। ताप्लेजुङ जिल्लाको चाँगे गाउं विकास समिति वडा नम्बर ८ का ५१ वर्षिय कृष्णप्रसाद भट्टराई आफ्नो शरीर भरी पलाएको मासुको डल्लाको उपचार हुन नसक्दा पीडित छन् । उनले उपचारका लागि जिल्लामा रहेका संघसस्था धाए पनि भरपर्दो सहयोग पाउन सकेका छैनन् । भट्टराईको शरीरमा अस्वाभाविक रुपमा पलाएको मासुको लुर्काले आफुलाई असहज भएको उनको भनाई छ ।

१२ वर्षको उमेर हुंदासम्म शरिरमा कुनै पनि समस्या नभएको तर त्यसपछि एक्कासि शरिर चिलाउन थालेको र दायां गालामा निस्केको सानो गिर्खा क्रमशः बढ्दै गएर आफ्नो यो हालत भएको भट्टराईले बताएका छन् ।

शरीरमा पलाएको मासु निरन्तर बढ्दै गएपछि उनले २० केजी वजनको सो डल्लो झोलामा बोकेर हिड्न थालेका छन् । उपचार गर्न धेरै खर्च लाग्ने भएकाले खर्च जुटाउंदै हिडेको उनले बताएका छन् । दुई बर्षअघि जिल्ला प्रशासन कार्यालयबाट ‘ख’ वर्गको नीलो रङको अपाङ्गताको परिचय–पत्र पाए पनि हालसम्म कुनै खालको सेवासुविधा पाएका छैनन् ।
(समाचार इमेंज  च्यानल बाट)

Posted by Butwalonline on 10:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उपचारको अभावमा भट्टराई भोतारिदै"

Leave a reply