|

कपिलवस्तुको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा परिणत

कपिलवस्तु, भाद्र ५। कपिलवस्तुको बाणगंगा गाउं विकास समिति वडा नम्बर १ पिपरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र अब सुविधासम्पन्न १५ शैयाको अस्पतालमा परिणत भएको छ । ५ बर्ष अघि स्थापित स्वास्थ्य केन्द्र स्थानीयबासीको पहलमा अस्पताल बनेको हो । करिब ३ करोड १७ लाख रुपैयाको लगानीमा १५ कोठाको अस्पताल भवन र ५ कोठाको आवास भवन बनाईएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा परिणत भए पछि उपचारमा धेरै सहज भएको स्थानियबासीहहरु बताउंछन् ।

सो अस्पतालले कविलबस्तु र दाङका पुर्व पश्चिम राजमार्ग आसपासका सय किलो मिटर दुरी भित्रका बासिन्दालाई उपचारमा सहयोग पु-याउने बताईएको छ ।

Posted by Butwalonline on 10:13 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा परिणत"

Leave a reply