'जनयुद्ध' शब्द हटाउन एमालेको माग
काठमाडौ, अषाढ २३ - सत्तारुढ नेकपा(एमाले)ले सरकारको नीति तथा कार्यक्रमबाट 'जनयुद्ध' शब्द हटाउन माग गरेको छ । एमाले स्थायी समितिको बिहीबार बिहान बसेको बैठकले नीति तथा कार्यक्रममा परिमार्जन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।
एमाले अध्यष एंव प्रधानमन्त्री झलनाथ खनालले नीति तथा कार्यक्रमका विषयमा उठेको प्रश्नको जवाफ कसरी दिने विषयमा छलफल गर्न बालुवाटारमा स्थायी समितिको बैठक डाकेका थिए । एमाले नेताहरुले 'जनयुद्ध' शब्द हटाउन तथा आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली अनुपस्थित थिए ।
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सभासदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले बिहीबार दिएपछि सकिदैंछ । निती तथा कार्यक्रममाथि सत्तापक्ष र विपक्षले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
Source:kantipurnews