|

नेपाल टेलिकमको नमस्ते प्रिपेड रिचार्ज कार्डमा समस्या

बुटवल,असार ११ - नेपाल टेलिकमको नमस्ते प्रिपेड रिचार्ज कार्डमा समस्या देखिएको छ रुपन्देही,कपिलवस्तु लगायतका क्षेत्रमा एक सयका रिचार्ज कार्डहरुमा समस्या देखिएको हो । पसलमा विक्रीमा राखिएका रिचार्ज कार्डहरुमा स्क्रयाच गर्दा पिन नम्बर मेटिएपछि उपभोक्ताहरुले आफुहरु ठगिएको गुनासो गरेका छन् । रुपन्देहीको बुटवल,भैरहवा लगायतका मुख्य शहरहरुमा यस्तो रिचार्ज कार्डहरु फेला परेको हो ।

 उता नेपाल टेलिकम तौलिहवा शाखामा आज उपभोक्ता तथा सर्वसाधारणले आफु ठगिएको भन्दै विरोध जनाएका छन् । जिल्लाका मुख्य गरि चन्द्रौटा, मोतिपुर, तौलिहवा, कृष्णनगर, गोरुसिंगे क्षेत्रमा विक्रीका लागि राखिएको रिचार्ज कार्डमा समस्या देखिएको छ । एक साता भित्र मात्रै टेलिकम तौलिहवा कार्यालयमा २४ वटा पिन नम्बर मेटिएक रिचार्ज कार्ड आएको कार्यालय प्रमुख राकेश कुमार शर्माले बताउनुभएको छ । प्राविधिक कारणले त्यस्तो भएको टेलिकमको भनाई रहेपनि सुधारतर्फ नलाग्दा उपभोक्ताहरु ठगिनुपरेको छ ।

Posted by Butwalonline on 11:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल टेलिकमको नमस्ते प्रिपेड रिचार्ज कार्डमा समस्या"

Leave a reply