पार्टी विभाजनसंगै माओबादी नवलपरासीमा जुहारी शुरु
बुटवल,असार ११ - पार्टी विभाजन भएपछि एकिकृत माओवादी र नव गठित नेकपा माओवादी बिच अहिले नवलपरासी जिल्लामा जुहारी चलेको छ । दुवै पार्टीले अहिले आफ्नो पक्षमा बहुमत रहेको जनाउदै प्रचार बाजी गर्न शुरु गरेका छन् । जिल्लामा आफ्नो पक्षमा बहुमत भएको जनाउदै हिजो वैद्य पक्षिय पार्टीको चोरमारामा वैठक वसेपछि सो को खण्डन गर्न संस्थापन पक्षको जनवर्गिय संगठले आज परासीमा पत्रकार सम्मेलन गरी आफ्नो पक्षमा बहुमत रहेको दाबि गरेका हुन ।
प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार देबेन्द्र पौडेलको उपस्थितमा संस्थापन पक्षको जनवर्गिय संगठनहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी जिल्ला सचिव राजु हरिजनले बैद्य पक्षले आफ्नो पक्षमा बहुमत रहेको जनाउदै प्रचार बाजी गरेकाले वाध्य भएर आफुहरुले पत्रकार सम्मेलन राखेको जानकारी दिनुभयो ।
संस्थापन पक्षले कुल २२ जनवर्गिय संगठन मध्ये १३ आफ्नो पक्षमा रहेको जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल ट्रेड यूनियन महासंघ, क्रान्तिकारी पत्रकार संघ, मानव अधिकार सरोकार केन्द्र, मुस्लिम मुक्ति मोर्चा, नेवा मुक्ति मोर्चा, बुद्धजिवि संगठन, मधेशी मुक्ति मोर्चाका अध्यक्षहरु सहभागि थिए ।
यसैविच सोही पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार देबेन्द्र पौडेलले वर्तमान सरकारले राजिनामा दिए देशमा राजनितिक संकट आउने दाबि गर्नुभएको छ ।
कांग्रेस, एमाले र अन्य केहि दलहरुको अभिव्यक्ति प्रति इंकित गर्दै पौडेलले बहुमतवाट निर्वाचित प्रधानमन्त्री अवैधानीक नहुने जनाउदै उहाले जेठ १४ अघि निर्वाचनको मिति समेत तोकेको सरकारले राजिनामा गरे देशमा राजनितिक संकट आउने दाबि गर्नुभयो ।