वर्षा भएपछि तराइका क्षेत्रमा किसानहरुलाई विउ राख्ने चटारो,आंशिक ठाउहरुमा रोपाई शुरु
बुटवल,असार ११ - पश्चिम तराइका जिल्लामा लामो समयको अन्र्तरालमा वर्षा भएपछि किसानले बल्ल धानको विउ राख्न थालेका छन् । सिचाइ सुविधाको अभावमा आकाशे पानीको भरमा बसेका रुपन्देही,र कपिलबस्तु अधिकााश किसानले बर्षासंगै बल्ल धानको विउ राख्न थालेका हुन् । देशका विभिन्न स्थानमा असार महिनाको १५ गतेभित्रै धान रोपाइासम्पन्न हुने भएपनि यस क्षेत्रका किसानले भने बल्ल धानको विउ राख्न पाएका छन् ।
प्रमुख खाध्यान्न बालीको रुपमा रहेको धान रोप्न हरेक वर्ष सिचाइ सुविधाको अभावमा यहााका किसानले आकाशे पानीको भरपर्नुपर्ने बाध्यता रहेको छ । रुपन्देहीको मर्चवार,धकधई,पर्रोहा,फसौटिकर,देवदह लगायतका क्षेत्रका किसानले विउ राख्न थालेका हुन । केहि किसानले भने रोपाई गरेका छन् ।
उता लगातारको बर्षासंगै नवलपरासीको नवलपुर क्षेत्रमा धान रोपाई शुरु भएको छ । खडेरीको समयमा पनि मोटर लगाएर इनारबाट पानी तानी धानको व्याड राखेकाहरुले आजदेखि धान रोपाई थालेका हुन् । नवलपरासीको शिवमन्दिर, कावासोती, पिठौली, अग्यौली, प्रगतिनगर, रजहर लगायतका क्षेत्रमा धान रोपाई शुरु भएको छ । नवलपरासीमा ४६ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती गरिने गरिन्छ । नवलपरासीमा धान रोपाईको सिजन शुरु भईसक्दा पनि कृषकहरुले मल पाउन सकेका छैनन् । मल नपाउंदा कृषकहरुलाई धान रोप्न र धानको व्याड राख्न समस्या हुने गरेको छ ।

Posted by Butwalonline
on 11:04 PM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response