सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरुद्ध बैद्यपक्ष माओवादीले आन्दोलन गर्ने
बुटवल,असार ११ - बैद्यपक्षिय नेकपा–माओवादी कपिलवस्तु कार्यसमितिले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरुद्ध आन्दोलन गर्ने जनाएको छ । सरकारको निर्णयका आधारमा कपिलवस्तुका विभिन्न स्थानमा बसेका सुकुम्बासीका घरटहरा हटाउने निर्णय फिर्ता लिन पार्टीले माग गरेको छ ।
आज सदरमुकाम स्थित पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको थियो । तत्काल सुकुम्बासी बस्ती हटाउने निर्णय नसच्चाए कडा आन्दोलन गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।यसै गरि विज्ञप्तीमा किसानहरुलाई सहज रुपमा रसायनिक मल आपुर्ती गराइनुपर्ने विज्ञप्तीमा माग गरिएको छ । जिल्ला विकास समिति कपिलवस्तु तथा जिल्ला बन कार्यालयले क्षणिक आय आर्जनका लागि विभिन्न खोला नाला तथा चुरे पर्वत किनारमा लगाएका ठेक्का बदर गरिनुपर्ने माग अघि सारेको छ ।