|

कोकाकोला कप अन्तरविद्यालय छात्र/छात्रा छनोट फुटवलप्रतियोगिता दोस्रो चरणका खेल सम्पन्न



बुटवल,असार ११ - कोकाकोला कप अन्तरविद्यालय छात्र/छात्रा छनोट फुटवल प्रतियोगिता अन्तर्गत आइतबार दोस्रो चरणका दुई खेल सम्पन्न भएका छन् ।फिफा टेक्निकल सेन्टर बुटवलमा जारी प्रतियोगिताको आइतबार सम्पन्न पहिलो खेलमा तिलोत्तमा मोर्डन इङ्ग्लिस बोर्डिङ स्कुल र दोस्रो खेलमा बुटवल इलिट बोर्डिङ स्कुल विजयी भएका छन् ।

तिलोत्तमाले सिद्धार्थ बोर्डिङ स्कुललाई २(१ ले पराजित गरेको हो  । उक्त खेलमा सिद्धार्थका प्रवीन थापाले खेलको दसौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिएपनि १२ औं मिनेटमा तिलोत्तमाका लागि जीवन भुसालले बराबरी गोल गरेका थिए । तिलोत्तमाका लागि विशाल खड्काले ३० औं मिनेटमा थप एक गोल गर्दै टिमको जित सुनिश्चित पारे ।

त्यस्तै दोस्रो खेलमा बुटवल इलिटले पर्ल इन्टरनेशनल बोर्डिङ स्कुलमाथि २(० को नतिजा निकाल्दै दोस्रो जित दर्ता गर्‍यो । बुटवल इलिटको तर्फबाट लभ जोशीले खेलको बिसौं तथा समिर थापाले खेलको २३ औं मिनेटमा क्रमश: गोल गरेका थिए  ।प्रतियोगिता अन्तर्गत आज (सोमबार) को पहिलो खेलमा स्काईल्याण्ड बोर्डिङ स्कुल र नवप्रभात बोर्डिङ स्कुलका बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा प्यारामाउन्ट बोर्डिङ स्कुलले बुटवल पब्लिक स्कुलको सामना गर्नेछ ।

Posted by Butwalonline on 11:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोकाकोला कप अन्तरविद्यालय छात्र/छात्रा छनोट फुटवलप्रतियोगिता दोस्रो चरणका खेल सम्पन्न"

Leave a reply