अज्ञात सुमहद्वारा ट्रकमा आगजनी
चितवन,असार ११ - चितवनको रत्ननगरमा आईतबार राती अज्ञात समूहले पेट्रोल छर्किएर एउटा भारतीय ट्रकमा आगजनी गरेको छ । सीमा नाका रक्सौलबाट नारायणगढतर्फ जाँदै गरेको एन एल ०२ के ७६६१ नम्बरको भारतीय ट्रकमा आगलागी गराइएको चितवन प्रहरीले जनाएको छ ।
दुईवटा ‘अन टेस्ट’ मोटरसाइकलमा आएको एक समूहले कार्गो गाडीलाई रत्ननगर-३ मा रोकेर चालक र सहचालकलाई नियन्त्रणमा लिई आगजनी गरिएको हो । आगलागीबाट गाडीको अघिल्लो भाग जलेको र दमकलको सहायतामा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।आगलागि किन र कसले गर्यो भन्नेबारेमा अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट