माइ व्रदर को प्रोमो सार्वजनिक
अविरल फिल्मस्को व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ,माइ व्रदर, ले औपचारीक रुपमा आफ्नो फिल्मको प्रोमो सार्वजनिक गरेको छ । विगत केहि समय यता सेक्स विकाउ चलचित्र निर्माण बनिरहेको समयमा ति र त्यस्ता चलचित्रहरुलाई च्यालेन्ज गर्दै पूर्ण पारिवारिक र प्रेम कथामा आधारित फिल्म माइ व्रदर को प्रोमोमा पनि अश्लील शब्द र दृश्य देख्न सकिदैन ।तिज पछि रिलिजमा आउने उक्त चलचित्रको लेखन तथा निर्देशन विष्णु भट्टराईको रहेको छ । दिपक पाण्डे (को बन्छ कलाकारका विजेता) ले यस फिल्ममा ब्रेक पाएका छन, सुमिना घिमिरे, रमेश बुढाथोकी, विमला गिरी, विद्या कार्की, अनिष कंडेल (बाल कलाकार) रहेको चलचित्रमा जिवन लुईटेललाई पनि विेशष भुमिकामा देख्न सकिन्छ तर पोष्टर एवं प्रोमोमा अटाएका छैनन,। सरु भट्टराई र मैना देवी भण्डारीले निर्माण गरेको उक्त्त चलचित्रमा विरेन्द भट्ट को छायांकन, अष्ट महर्जनको द्धन्द,कविराज गहतराजको नृत्य , दयाराम पाण्डेको शब्द र विपिन आचार्य/उज्वल लिम्वु/तिलक बम मल्लको संगित रहेको फिल्ममा प्रोडक्शनको काम अन्तीम चरणमा पुगेको छ । परिवार र बुद्धिजिवि वर्गलाई लक्ष्छीत गरि बनाईएको फिल्म माई ब्रदर हो ।
