|

ढाकाको तान काटियो आधा दर्जन मोटरसाईकल नियन्त्रणमा



मुक्तिप्रसाद न्यौपाने
साउन २३, पाल्पा
युवा संघ नेपालले गरेको चार घण्टे नेपाल बन्दका क्रममा पाल्पामा पाँचवटा ढाकाको तान काटिनुका साथै आधा दर्जन मोटरसाईकल नियन्त्रणमा लिएर छाडिएको छ ।
बिहान करिब आठ बजे बजार बन्द गराउँदै हिड्ने युवा संघका कार्यकर्ताले तानसेन बडिज्ञान टोलमा रहेको ढाका तान उद्योगको तानहरु काटिदिएपछि केहिबेर झडप समेत भएको थियो । आफूहरुले पटकपटक तान नचलाउन आग्रह गर्दापनि अटेर गरेपछि अवस्था केहि असामान्य बनेको युवा संघ पाल्पाका अध्यक्ष सुरेन्द्र पाण्डेले बताए । ढाका बुन्ने तान संचालक र बन्दकर्ताहरु बिहान केहिबेर भनाभन भएपछि दुवैपक्ष छलफलकालागि जिल्ला प्रहरी कार्यालय पुगेकाछन् । विहान ८ देखी १० बजेसम्म गरिएको बन्दका क्रममा बन्दको अवज्ञा गरेको भन्दै युवा संघका कार्यकर्ताले आधा दर्जन मोटरसाईकल नियन्त्रणमा लिएर छोडिदिएका थिए ।
बन्दका कारण मंगलबार विहान पाल्पाका कलेज, पसल तथा सवारी साधनहरु प्रभावित भएका थिए । १० बजे पछाडी भने अवस्था सामान्य रहेको छ ।

Posted by Journalist Mukti on 8:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ढाकाको तान काटियो आधा दर्जन मोटरसाईकल नियन्त्रणमा"

Leave a reply