आफै चढ्न लागेको बसले किचेर एक यात्रुको मृत्यु
लहान, साउन २२ - लहान - ठाँढी सडक खण्डको सोनमती मझौरा ८ मा सोमबार दिउँसो बसले किचेर एक यात्रुको मृत्यु भएको छ। सिरहा गाढा ८ की २५ वर्षीया निर्मला पासवानको आफै चढ्न लागेको बसले किच्दा मृत्यु भएको हो|
यात्रु चढाउन सोनमती मझौरा चोकमा रोकिएको ना १ ख ८३८९ नम्बरको बस चढ्ने क्रममा भुइमा लडेकी पसवानलाई सोही बसको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लहानका इन्स्पेक्टर खगेन्द्र खडकाले बताए। चढ्नै नपाई बस अगाडि बढाइएपछि लडेकी पासवानलाई पछाडिको चक्काले किचेको प्रत्यक्षदर्शी यात्रीलाई उद्धृत गर्दै खडकाले भने।चालक र सहचालकको लापरवाहीले महिलाको मृत्यु भएको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट देखिन्छ। 'चालक बस अगाडि बढाउनुअघि राम्ररी यात्रु चढेकी चढेन यकिन गरेको भए यो दुर्घटनै हुँदैनथ्यो,' सिरहा ट्राफिक प्रमुख इन्स्पेक्टर कुल प्रसाद चौधरीले बताए।बस चालक उतीमलाल महतो र बस प्रहरीको नियन्त्रणमा रहेको लहान प्रहरीले बतायो।
स्रोत नागरिक न्यूज़