रुकुममा ५ रेक्टरस्केल भूकम्प गयो
रुकुम, साउन १६- रुकुम र यस आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको छ। मंगलबार साँझ करिब ५ : ३५ र ५ : ४० मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो। रुकुम सदरमुकाम खलंगास्थित सल्ले विमानस्थलदेखि १० किलोमिटर दक्षिणी भागलाई केन्द्रबिन्दू बनाएको केन्द्रीय भूगर्भ विभागलाई उद्धृत गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।
पहिलो पटक ५ रेक्टरस्केल र दोस्रो पटक ४ रेक्टरस्केलको धक्का मापन गरिएको उनले बताए। रुकुम, सल्यान, जाजरकोट, रोल्पा र यस आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक शालिकराम पौडेलले बताए। भुकम्प आउँदा स्थानीय सर्वसाधारण भागदौड गरेका थिए। भुकम्प आउनसक्ने भन्दै स्थानीयहरु पूर्वतयारी अवस्थामा बसेका छन्।
समाचार नागरिक न्यूज बाट
