|

जीतपुरको नवमी हाटमा झडप हुँदा एक जनाको मृत्यु


इलाम, साउन १३ -जीतपुरको नवमी हाटमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। जीतपुर-८ मा रहेको नवमी बजारमा भएको भडपमा महमाई-१ का ३२ वर्षीय तुलसी गिरीको मृत्यु भएको हो। हाटमा गिरीलाई जीतपुरका देउबहादुर मगर, प्रेमबहादुर मगर र मनबहादुर मगरले लखेट्दै ढुंगा प्रहार गरेका थिए|

गिरीको आज बिहान बजारभन्दा सय मिटरमा रहेको अम्लिसोघारीमा हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
झडप के कारणले भएको भन्ने नखुलेको प्रहरीले बताएको छ। विहान घाँस काट्न गएका स्थानीयले शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। मनबहादुर, देउबहादुर र प्रेमबहादुरलाई प्रहरीले पक्राउ गरेको बताएको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 4:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जीतपुरको नवमी हाटमा झडप हुँदा एक जनाको मृत्यु"

Leave a reply