|

सामान्य विवादका क्रममा गोली चल्दा एक जनाको मृत्यु


सप्तरी ,असार-२९  सामान्य विवादका क्रममा गोली चलाउँदा सप्तरीमा एक जनाको ज्यान गएको छ । अर्का एकजना घाईते भएका छन् । स्थानिय उपभोक्ता समिति गठन गर्नेक्रममा सामान्य विवाद भएपछि अक्रोसित बनि सारस्वर गाविस-६ का ताराकान्त यादव र उनका छोरा दीपेन्द्र यादवले अन्धाधुन्द गोली चलाउँदा स्थानीय ४० वर्षीय इन्द्रनारायण यादवको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी सहायक निरीक्षक विनोद झाका अनुसार  गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि लहानस्थित नर्सिङहोममा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै, गोली लागेर कृषकुमार यादव गम्भीर घाइते भएका छन् । उनको लहानस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली चलाउने बाबु-छोरा दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Posted by Butwalonline on 9:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सामान्य विवादका क्रममा गोली चल्दा एक जनाको मृत्यु"

Leave a reply