|

विरामीको मृत्युपछि कर्मचारी कुटपिटहुंदा हस्पिटलमा तनाब


चितवन असार २९ - विरामीको मृत्यु हुनुमा लापरवाही भएको भन्दै अस्पतालका कर्मचारीलाई कुटपिट गरेपछि चितवनको क्यान्सर अस्पताल तनावग्रस्त बनेको । घटनाको विरोध गर्दै अस्पतालका कर्मचारीहरुले आकस्मिक वाहेकका सेवा ठप्प पारेका छन् ।

ससस्त्र प्रहरीका पूर्व डिएसपी वीरबहादुर चन्दकी छोरी वर्षा चन्दको मृत्युको विषयमा उनले कर्मचारीमाथि आक्रमण गरेको कर्मचारीहरुले आरोप लगाएका छन्। गएराति क्यान्सर रोगी चन्दको मृत्युको विषयमा पूर्व डिएसपी चन्दले स्टार्फ नर्स अनिता भुषाललाई कुटपिट गरेर घाइते बनाएको उनीहरुले बताए।

चन्दकी छोरीको विगत डेढ वर्षदेखि उपचार भैरहेकामा गएराति मृत्यु भएको थियो। लापरवाहीको आरोपमा घटना भएको भन्नेबारेमा भने पुष्टि भैनसकेको प्रहरीले जनाएको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 9:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विरामीको मृत्युपछि कर्मचारी कुटपिटहुंदा हस्पिटलमा तनाब"

Leave a reply