|

गुणस्तर वृद्धि गर्दै पाल्पा अस्पताल

मुक्तिप्रसाद न्यौपाने, पाल्पा साउन ११ - जिल्लाको एकमात्र सरकारी अस्पताल पाल्पा अस्पतालले प्रदान गर्ने सेवा तथा परामर्शमा वृद्धि गर्दै जनताको स्वास्थ्य चेतना अभिवृद्धि गर्न लागि परेको अस्पताल विकास समितिका अध्यक्ष एवं निमित्त स्थानिय विकास अधिकारी भिमार्जुन पाण्डेले बताएकाछन् ।


जिल्ला अस्पताल सेवाहरुको विद्यमान अवस्था सुदृढिकरणकालागि अवसर, चुनौती र जिम्मेवारी विषयक अन्तक्रिया बोल्दै पाण्डेले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनको लागि अस्पताल लागिपरेको बताएकाछन् । स्वास्थ्य चेतनास्तर कमी भएका जनतामा स्वास्थ्य आनिबानीको विकासकालागि र जनतामा चेतनाको कमीका कारण अकालमा कसैको पनि ज्यान जान नदिन अस्पताल अहिले लागि परेको बताउादै पाण्डेले अस्पतालमा युवा सूचना केन्द्रको समेत स्थापना समेत गरिएको बताएकाछन् ।

कार्यक्रममा बोल्दै डा. संज्ञा पौडेलले जनतामा अझै पनि सरकारी अस्पतालमा सेवा नपाईने भ्रम रहेकोले गरीब र निमुख जनतापनि महङ्गो स्वास्थ्य सेवा लिन बाध्य भएकोले त्यस्तो भ्रमलाई चिर्न अस्पताल क्रियाशिलताका साथ अगाडी बढ्ने बताईन् । सोही अवसरमा वरिष्ठ जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेलले अस्पतालबाट निशुल्क रुपमा ४० प्रकारका औषधिहरु वितरण हुादै आइरहेको र औषधीको नियमित आपूर्ती गरिने बताए । अस्पतालबाट आर्थिक वर्ष २०६८।०६९ मा १६ हजार १ सय ९ जना विरामीले प्रत्यक्ष स्वास्थ्य सेवा लिएको र चालु आर्थिक वर्षमा अस्पतालले गुणस्तरमा वृद्धि गर्दै दोब्बर विरामीलाई सेवा प्रदान गर्न तल्लिन रहने समेत बताएका थिए ।


कार्यक्रममा बोल्दै अधिकांश राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले अस्पतालमा नियमित डाक्टरको दरवन्दी नहुनु तथा सरकारी सेवाको गुणस्तर कमजोर हुन्छ भन्ने मानसिकताका कारण जिल्ला अस्पतालमा विरामीको संख्यामा कमी आएकोले आफूहरु पनि आउादा दिनहरुमा जिल्ला अस्पतालबाटै सेवा लिने बताएका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अस्पतालमा वैज्ञानिक पोष्टमार्टम घर बताउनुपर्ने र औषधीको नियमित आपूर्ति गर्नुपर्ने कुरामा जोड दिएका थिए । अस्पताल लुम्बिनि मेडिकल कलेज र युनाइटेड मिशन अस्पतालको छत्रछायामा परेकोले तीनवटै स्वास्थ्य संस्थाको सहकार्य अनिवार्य रहेको मेडिकलका र मिशन डाइरेक्टरहरु गोपाल पोखरेल र रचेल कारकले जोड दिएका थिए । अस्पतालमा अहिले सोमबार र बिहिबार दन्त सेवा तथा नियमित एक्सरे सेवा प्रदान गर्दै आइरहेको छ ।


Posted by Butwalonline on 10:26 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुणस्तर वृद्धि गर्दै पाल्पा अस्पताल"

Leave a reply