|

बैतडीको तल्लो स्वराडमा पहिलो पटक गाडी पुग्यो

बैतडी,साउन ११ -बैतडीको तल्लोस्वाराड क्षेत्रमा पर्ने सलेना गाविसमा पहिलोपटक गाडी पुगेपछि स्थानियबासिहरु हर्षित भएका भएका छन् । सडक डिजिन कार्यालयले बशन्तुरको श्याडीखोलासम्म सडक निर्माण गरेको र श्यडिखालोदेखि उता विकेन्द्रीकृत ग्रामिण पुर्वाधार तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलीप)ले निर्माण कार्य गरिरहेको पाटन मेलौली सडकखण्ड अन्तर्गत पर्ने सलेना गाविसमा पहिलोपटक गाडी पुगेपछि स्थानियहरु हर्षित भएका हुन् । अहिलेसम्म पाटन मेलौली सडकखण्डमा २० करोड रकम खर्च भएको विकेन्द्रीकृत ग्रामिण पुर्वाधार तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलीप)कार्यालयका ् इन्जीनियर नारायण केसीले जानकारी दिनुभएको छ । सडक बनेपछि गाउमा डोजर पुगेपछि डोजर र डोजर चालकलाई फुलमाला अबिर लगाएर सम्मान गरिएको सलेना गाविसका सचिब गणेश गिरिले जानकारी दिनुभएको छ । तल्लोस्वराको सलेना गाविसमा गाडि पुगेपछि पर्यटकियस्थल मेलौली भगवति मन्दिरदेखि दर्जनौ धार्मीक पर्यटकियस्थलको सागमको रुपमा परिचित तल्लोस्वराडको परिचय झल्कने आशा पलाएको स्थानियहरुले बताएका छन् ।

Posted by Butwalonline on 10:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बैतडीको तल्लो स्वराडमा पहिलो पटक गाडी पुग्यो"

Leave a reply