|

कतारमा चार नेपाली युवाहरु बन्धक


काठमाण्डौं असार २८ - सम्झौता अनुसार काम र सुविधा नपाएपछि न्यायका लागि अदालत गएका कारण चार नेपाली युवाहरुलाई कतारको एक कम्पनीले कामबाट निकालेर अलपत्र पारेको छ । कतारको याथ्रेब कम्पनीमा कार्यरत चार जना कम्पनीबाट निकालिएपछि विमानस्थलमा अलपत्र परेकाछन् ।

अलपत्र पर्नेहरुमा झापा लखनपुरका सुदीप थापा, मोरङ पथरीका अमृत पुलामी, बाँके नेपालगञ्जका किरण शर्मा र पर्वतका मणिराज क्षेत्री रहेका छन् । जनही ८० हजार तिरेर झापाको विर्तामोडमा रहेको दि रिभर ओरभसिजबाट कतार गएका थिए। सम्झौता भन्दा कम तलब दिने गरेको कम्पनीले पछिल्लो तीन महिनादेखि तलब नै नदिएर उनीहरुलाई अहिले विमानस्थल नजिकै रहेको एक कोठामा बन्धक बनाएर राखिएको छ ।
समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 7:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कतारमा चार नेपाली युवाहरु बन्धक"

Leave a reply