|

माइ व्रदर तिज पछि रिलिजमा आउने

अविरल फिल्मस्को व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ,माइ व्रदर, ले औपचारीक रुपमा आफ्नो फिल्मको भिडियो गीत र एक पोष्टर सार्वजनिक गरेको छ । विगत केहि समय यता सेक्स विकाउ चलचित्र निर्माण बनिरहेको समयमा ति र त्यस्ता चलचित्रहरुलाई च्यालेन्ज गर्दै पूर्ण पारिवारिक र प्रेम कथामा आधारित फिल्म माइ व्रदर रहेको छ । तिज पछि रिलिजमा आउने उक्त चलचित्रको लेखन तथा निर्देशन विष्णु भट्टराईको रहेको छ । दिपक पाण्डे (को बन्छ कलाकारका विजेता), सुमिना घिमिरे, रमेश बुढाथोकी, विमला गिरी, विद्या कार्की, अनिष कंडेल (बाल कलाकार) रहेको चलचित्रमा जिवन लुईटेललाई पनि विेशष भुमिकामा देख्न सकिन्छ । सरु भट्टराई र मैना देवी भण्डारीले निर्माण गरेको उक्त्त चलचित्रमा विरेन्द भट्ट को छायांकन, अष्ट महर्जनको द्धन्द,कविराज गहतराजको नृत्य निर्देशन, दयाराम पाण्डेको शब्द र विपिन आचार्य/उज्वल लिम्वु/तिलक बम मल्लको संगित रहेको छ ।

Posted by Butwalonline on 7:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माइ व्रदर तिज पछि रिलिजमा आउने"

Leave a reply