|

अविरल वर्षासँगै सेती नदीमा भीषण बाढी


पोखरा, असार २८- गएराति परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले पोखराको रामघाटमा रहेका सात घर डुबेको छ । डुबानमा पारेका घरमा रहेका २९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

घर वरिपरि पानी भरिएपछि उनीहरु अप्ठ्यारोमा परेका थिए। राति साढे १ बजे प्रहरीले डुङ्गाको प्रयोग गरी उनीहरुलाई सुरक्षित स्थानमा सारिएको थियो।बाढीबाट पोखराको याम्दीमा पनि चार घर परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्र पौडेलले बताए । रासस

Posted by Butwalonline on 7:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अविरल वर्षासँगै सेती नदीमा भीषण बाढी"

Leave a reply